भिम्फेदी र इन्द्रसरोवर गाउँपालिकाको भेला सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले भिमफेदी-९ घरेटी डाँडामा भिमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको संयुक्त दोस्रो गाउँ विशेष भेला सम्पन्न गरेको छ।bमकवानपुर जिल्लाको जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यता र जिल्लाको जनसत्ता प्रमुख तथा सचिवालय सदस्री एवम् थाह नगरपालिका, भिमफेदी, इन्द्रसरोवर र बागमती गाउँपालिकाको इन्चार्ज विक्रम मगर (शक्ति) को विशेष आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाका जिल्ला सदस्य चिन काजी, जिल्ला सदस्री तथा आखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्य बहादुर गोले, जनमुक्ति सेनाका प्लाटुन कमान्डर प्रविन लगायत अतिथिहरुको उपस्थिति थियो भने जिल्ला सदस्री तथा अनेम संघ मकवानपुरका अध्यक्ष शुशिला सिन्तान (ज्योती) ले कार्यक्रमको अध्यक्षता गरेका थिए।

भेलाको सम्बोधन गर्दै प्रमुख अतिथी वाटरले एकीकृत जनक्रान्तिको कार्यदिशाले हिजोका अधुरो र अपूरो क्रान्ती शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने नयाँ आधार तय गरेको र त्यसैअनुरुप पार्टी-कार्यकर्ताहरु निरन्तर अघि बढिरहेको कुरा जानकारी गराएका छन्। साथै वर्तमान संसदीय व्यवस्थाका कारण ओइलिएका, सेलाएका, कमजोर भएका आम नेपाली जनतालाई फेरि एकपटक नयाँ जोस र जाँगर लिएर वैज्ञानिक समाजवादी व्यवस्थासम्म पुग्ने एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भइ अघि बढ्न समेत अनुरोध गरेका छन् ।

भेलाले शुशिला सिन्तान (ज्योती) को नेतृत्वमा १९ सदस्यीय संयुक्त गाउँ कार्यसमिति गठन गरेको छ। साथै भिममाया प्रजाकाेे संयोजकत्वमा १३ सदस्यीय महिला संगठन गठन गर्नुका साथै भिमको इन्चार्जसिप तथा सुजन प्रजाको संयोजकत्वमा ९ सदस्यीय युवा संगठन पनि गठन गरेको छ। नवनियुक्त कार्यसमितिका सम्पुर्ण सदस्यहरुलाई अबिर लगाई शुभकामना दिएर कार्यक्रमको समापन गरेका थिए।

