अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७७ चैत्र १९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार ताप्लेजुङकाे फुङ्लिङ नगरपालिकामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय सदस्य तथा मेचिकाेसी ब्युरो इन्चार्ज प्रकाश रहेका थिए भने कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला इन्चार्ज अशलले गरेका थिए।
ताप्लेजुङ्को सदरमुकाम फुङ्लिङ नगरपालिकाको रेडक्रस भवनमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् , मेचिकाेसी ब्युरो इन्चार्ज प्रकाशले एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार नै आजको परिस्थिती सिर्जना भएको र यहि कार्यदिशाले मात्रै बैज्ञानिक समाजबाद स्थापना हुने कुराको ग्यारेन्टी गरे । -प्रविण अधिकारी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार