युवा संगठन मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

२०७७ चैत्र २१ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरको जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनबाट किरण अर्यालको अध्यक्षतामा, उपाध्यक्ष श्रीलाल बल, सचिव सुनिल सिन्तान, सहसचिव दिलमाया गोले, कोषाध्यक्षसहित २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । सम्मेलनमा मकवानपुरका जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यतामा नारायणी ब्युरो सदस्य एवम् जबसका फ््रयाक्सन इन्चार्ज विकाश विशेष आतिथि रहेका थिए । साथै ब्युरो सदस्य पालगुङ, जिल्ला सेक्रेटरी सूर्य अर्याल, युवा संगठन नेपालका नारायणी ब्युरो संयोजक बीरेन्द्र, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् ब्युरो संयोजक प्रकाश, अखिल (क्रान्तिकारी) का मकवानपुर अध्यक्ष विवेक घलान ‘अनिल’ लगायत पार्टी जिल्ला सदस्यहरूको आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन ललित घलानले गरेका थिए । सम्मेलनका प्रमुख अतिथि जिल्ला इन्चार्ज वाटरले राष्ट्रिय राजनीतिको विषयमा, प्रतिबन्ध र प्रतिबन्ध फुकुवासम्बन्धी स्पष्ट पारे । उनले यो क्रान्तिमा लाग्न युवा वर्गलाई अनुरोध गर्नुका साथै एकीकृत जनक्रान्ति नै वैज्ञानिक समाजवादको सही बाटो रहेको व्याख्या गरे । नवगठित जिल्ला कमिटीलाई बधाईसहित सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे ।

यसैगरी सम्पूर्ण अतिथि गणहरुले आ–आफ्नो मन्तब्य राख्दै एकीकृत जनक्रान्तिमा लाग्न युवा वर्गलाई अनुरोध गरेका थिए । मकवानपुर जिल्ला सेक्रेटरी सूर्य अर्यालले वर्तमान राजनीतिक परिवेशको विषयमा स्पष्ट पार्दै युवा वर्गलाई यो आन्दोलनमा होमिन अपिल गरे । ब्युरो सदस्य विकाशले जनयुद्धको उपलब्धि र एकीकृत जनक्रान्तिको उपलब्धि हुँदै गएको भन्दै नवगठित जिल्ला कमिटीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]