नेकपाद्वारा अनुचित प्रचारबाजी बन्द गर्न आग्रह

२०७७ चैत्र २८ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीबिरुद्ध अनुचित प्रचारबाजी बन्द गर्न आग्रह गरेको छ। केही सञ्चारमाध्यमले ‘गुमनाम विप्लव’ शीर्षकको समाचार प्रकाशित गरेपछि नेकपाको केन्द्रिय सचिवालयले बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेको हो ।
केन्द्रिय सचिवालयका तर्फबाट असलले शनिबार प्रेस नोट जारी गर्दै आफ्नो पार्टी र महासचिव विप्लव राजनीतिक तथा साङ्गठनिक काममा व्यस्त रहेको जानकारी गराएका छन् । सरकार र आफ्नो पार्टीबीच गत फागुन २१ मा भएको सहमति मन नपराउने तत्वहरूले उक्त सहमति भाँड्न यस्तो प्रचारबाजी गरेको पनि असलको प्रेस नोटमा उल्लेख छ । साथै उनले यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि आग्रह गरेका छन् ।
असलद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – ” हिजो चैत २७ गते केही सञ्चार माध्यममा विप्लव गुमनाम’ शीर्षकमा प्रकाशित समाचार टिप्पणीमा कुनै सत्यता नरहेको कुरा स्पष्ट गर्दछौँ । हाम्रो पार्टी र महासचिव कमरेड विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा पनि जानकारी गराउँछौं । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २१ गते भएको सहमतिलाई भाँड्ने प्रवृत्तिद्वारा प्रेरित प्रचारबाजी मात्र भएको स्पष्ट गर्दछौँ । साथै यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ । हाम्रो पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्ध रहेको यहि प्रेस नोटमार्फत अवगत गराउँछौं ।”

प्रतिक्रियाहरु

[anycomment]