बारको बैठक बस्दै
बारको बैठक बस्दै
चितवन, २५ मंसिर । नेपाल बार एसोसिएसनको ४१ औं कार्यकारणी परिषदको बैठक चितवनमा हुँदैछ ।प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले एक समारोहका बीच उद्घाटन गर्ने सो कार्यक्रम आज बिहान ११ बजेपछि भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा हुने छ । बैठकमा देशभरका ८६ वटा बार एसोसिएसनका करिब एक हजार प्रतिनिधि सहभागी हुने छ ।बैठकको कार्यबाहक रहेको चितवन बार एसोसिएसनका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार बैठक सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न नौ वटा उपसमिति गठन गरिएको छ ।अब बन्ने नयाँ संविधान मानव अधिकारमैत्री संविधान निर्माणका लागि एसोसिएसनले दिने दबाबका विषयमा बैठकमा छलफल केन्द्रित रहने उनले बताए । बैठक भोलिसम्म चल्नेछ ।