प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आह्वान

२०७८ बैशाख ३ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको जानकारी दिए । सल्लाहकार थापाले बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार