नेकपा मकवानपुरद्वारा गुण्डागर्दी गर्नेमाथि कारबाही गर्न जिल्ला प्रशासनलाई आग्रह

२०७८ बैशाख ५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाको राक्सिरङ गाउँपालिका वडा न. ४ स्थित गिङ्ग्यु खानीमा भएको घटनाप्रति घोर आपत्ति एवम भर्त्सना जनाएको छ।
गिङ्ग्यू खानीले निरन्तर अवैध रुपमा प्राकृतिक स्रोतसाधनको उत्खनन गर्दै आइरहेको छ। जसको कारणले जनताको बासस्थानमा नराम्रो असर परिरहेको छ। त्यहाँका स्थानीय बासिन्दाहरुले पटक पटक क्षतिपूर्ति सहित सुरक्षित बासस्थानको माग गर्दै आन्दोलन गरिरहँदा सम्बन्धित निकायले प्रभावित क्षेत्रको मागलाई सम्बोधन नगरिएको विषय नेकपाको जनसत्ता समक्ष मुद्दा दायर भएको थियो। जस अनुरूप नेकपाको तर्फबाट प्रभावित क्षेत्रको अनुगमन गर्न जाँदा खानी संरक्षक भनिने नेपाली काँग्रेसका गुण्डानाइके हरुले निर्घात कुटपिट गरिएको छ। यसरी अनुगमन गर्न गएका व्यक्तिमाथि हातपात तथा कुटपिट गरिएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले घोर आपत्ति जनाएको छ।
नेकपा मकवानपुरका सेक्रेटरी उदीपले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनकारी माथि हातपात तथा कुटपिट गर्ने हिसांत्मक कार्यमा संलग्न रहेका गुण्डानाइके माथि आवश्यक कारवाही गर्न तथा प्रभावित क्षेत्रका जनताको मागलाई सम्बन्धित तहबाट जिम्मेवारीका साथ पूरा गर्न प्रशासनसँग माग सहित अनुरोध गरेका छन्।

नेकपा मकवानपुरले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रभावित क्षेत्रको जनताको माग अनुरुप नेकपा मकवापुरको माग सम्बन्धित निकायबाट सुनुवाईका साथ कार्यान्वयन नभएको खण्डमा कुटपिट कार्यमा संलग्न व्यक्ति र खनिमाथि नै भौतिक जनकारवाही गर्दै खानी बन्द गर्न जनसंघर्ष गर्ने बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]