कोरोनावाट मर्नेको संख्या ३० लाख नाघ्यो !

२०७८ बैशाख ५ गते, आईतवार


काठमाडौँ । कोरोना महामारीका कारण विश्वभर मर्नेको संख्या ३० लाख नाघेको छ । अमेरिकाको जान्स हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी संक्रमित देश हुन् । यी तीन देशमा मात्रै मर्नेको संख्या १० लाख भन्दा बढी छ । समाचार एजेन्सी एएफपीका अनुसार पछिल्लो हप्ता हरेक दिन विश्वभर औसतमा १२ हजार मानिसको मृत्यु कोरोनाका कारण भएको छ । तर विश्वभरको आधिकारिक तथ्याकं सही नराखेको कारण यो संख्या घटबढ हुन सक्छ । विश्व स्वास्थ्य संगठनले विश्वभर मर्नेको संख्या बढेकाले चिन्ताजननक अवस्था ल्याएको बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार

ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार

रुस र युक्रेनबीच वार्ता हुँदै

२०८२ जेष्ठ २ गते, बिहीबार