अख्तियारको आखा ट्याक्सीमा
काठमाडौ, २६ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्याक्सी व्यावसायीहरूले मिटर बिगारी बढी भाडा असुल गर्ने, मिटर नचलाई मनलागी रकम लिनेहरूमाथि कडा कारबाही गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।सर्वसाधारणसँग बढी रकम असुल गर्ने तथा निश्चित स्थान र समयपछि सेवा दिन इन्कार गर्ने सेवाग्राहीको गुनासो सम्बोधन गर्दै चालकहरूका त्यस्ता गतिविधि रोक्न आयोगले नेपाल गुणस्तर तथा नापतौल विभाग, यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखालाई त्यस्तो निर्देशन दिएको हो ।
सेवाग्राहीले दुःख पाइरहेको व्यापक उजुरी र गुनासा आयोगमा परेपछि आज व्यवसायीसहित सम्बन्धित सरकारी निकायसँग आयुक्तहरूबीच छलफल हुँदा कानूनी व्यवस्थाको कडाइका साथ पालना गर्न गराउन ती निकायलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्याक्सी व्यावसायीहरूले मिटर बिगारी बढी भाडा असुल गर्ने, मिटर नचलाई मनलागी रकम लिनेहरूमाथि कडा कारबाही गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।