युवा संगठन हुम्सेकोटको अध्यक्षमा विजय चयन

२०७८ बैशाख ६ गते, सोमबार


काठमाडौँ । युवा संगठन नेपाल नवलपुर अन्तर्गत हुप्सेकोट गाउँ कमिटीको प्रथम सम्मेलनले विजयको अध्यक्षतामा ९ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।
उक्त कार्यक्रममा युवा संगठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक अविनाशले सम्पूर्ण देशभक्त, प्रगतिशिल युवाहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न कडा संघर्ष गर्न अपिल गरेका थिए । उनले वर्गविभाजित समाजमा शोषणमुलक राज्यसत्ताको अन्त्य गरि समानतामूलक समाजको निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]