ने.क.पा.का प्रवक्ता प्रकाण्ड र नेपाल सरकारका मन्त्रीहरू विच सामुहिक भेटवार्ता

२०७८ बैशाख ७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र नेपाल सरकारका मन्त्रीहरू विच सामुहिक भेटवार्ता भएको छ । सो भेटवार्तामा नेकपाका प्रवक्ता एबम् वार्ता टोलीका प्रमुख प्रकाण्ड र उदयबहादुर चलाउने , गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलगायत सहभागी भएका थिए । सो भेटवार्तामा राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा गम्भीर छलफल भएको बताइएको छ । सो भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले जनता आधारभूत आबश्यकतावाट बन्चित भै रहेकाले तत्काल त्यसको समाधान गर्न सरकारलाई तत्काल उचित कदम चाल्न र आगामी नीति तथा कार्यक्रममा त्यस्ता बिषयहरुलाई समेटी आगामी बजेटमा समाबेश गर्न सुझाब दिएका थिए भने छलफलमा सहभागी मन्त्रीहरुले त्यसमा सहमति जनाएको बुझिएको छ।
सो भेटवार्तामा देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सहिमार्गमा ल्याउन आग्रगामी र दीर्धकालीन समाधान खोज्ने बिषयमा नेकपा र सरकारका मन्त्रीहरु सहमत भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]