चट्टयाङ र हावाहुरीको संभावना !

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन\चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा मध्याह्न्नपछि मेघगर्जन\चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसाविद् निराजन सापकोटाले बताए ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। मेघगर्जन\चट्टयाङ र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह गरेको छ ।
देशका धेरै स्थानमा आज तुवाँलो लाग्ने सम्भावना रहेको मौसमविद् सापकोटाको भनाइ छ । अहिले विहान दाङ, बुटवलसम्म आइपुगेको यो तुवाँलो ११\१२ बजेसम्म काठमाडौं आइपुग्ने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।