दलित मुक्ति मोर्चा गोरखाको अध्यक्षमा चीनकाजी रसाइली

२०७८ बैशाख ८ गते, बुधबार


काठमाडौँ । दलित मुक्ति मोर्चा गोरखाको तेस्रो जिल्ला भेलाले चीनकाजी रसाइलीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । सो भेलामा नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका कार्यालय सचिव रूपेश प्रमुख अतिथि रहेका थिए । नेपाल कम्युनिस्ट पार्टी गोरखाका सेक्रेटरी सरल, दलित मुक्ति मोर्चाका गण्डक ब्युरो संयोजक उमेश सीके, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ गण्डक ब्युरो संयोजक माया चेपाङ, नेपाल कम्युनिस्ट पार्टी गोरखा नगरपालिका सेक्रेटरी केशवराज भट्टराई, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य रोहित पन्त, युवा सङ्गठन नेपाल गोरखाका जिल्ला अध्यक्ष डम्बर चेपाङ र अखिल (क्रान्तिकारी) गोरखाका अध्यक्ष असल अतिथि रहेका थिए ।
भेला दलित मुक्ति मोर्चाका जिल्ला संयोजक चीनकाजी रसाइलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम दिनेश बोहोराले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]