निषेधाज्ञा उल्लंघन गर्नेलाई एक महिना जेल !

२०७८ बैशाख १७ गते, शुक्रबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ । ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जेल चलान नै गरेको प्रहरीले बताएको छ । ८ जनाबाट प्रतिव्यक्ति नौँ हजार एक सय रुपैयाँ जरिवाना तिराइएको छ ।
जरिवाना तिर्न नसक्नेहरुमा रुपन्देही मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]