युवा सङ्गठन तनहुँको अध्यक्षमा दृष्टि

काठमाडौँ । युवा सङ्गठन तनहुँ जिल्लाको प्रथम जिल्ला सम्मेलनले दृष्टिको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका रूपेशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता दृष्टिले गरेका थिए । सम्मेलनका अन्य अतिथिहरुमा गण्डकी जनसत्ता प्रमुख निरु, नेकपा तनहुँ जिल्ला इन्चार्ज निशान, युवा सङ्गठन नेपाल गण्डकी–धौलागिरि ब्युरो इन्चार्ज विजयकुमार, नेकपा ब्युरो सदस्य राकेश, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य नेत्र, स्याङ्जा जिल्ला सेक्रेटरी दुर्गा, मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य मोहनलगायत उपस्थित थिए ।
कार्यक्रमका प्रमुख अतिथि रूपेश र युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा गण्डकी–धौलागिरि ब्युरो इन्चार्ज विजयकुमारले वर्तमान राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति, दलाल पुँजीवादी संसदीय व्यवस्थाले युवा जनशक्तिको जीवनमा निम्त्याएको सङ्कट र यसको समग्र समाधान वैज्ञानिक समाजवादले मात्र गर्नसक्ने विषयमा प्रशिक्षित गरेका थिए । कार्यक्रमको सञ्चालन मौसम सुनारले गरेका थिए ।