ताप्लेजुङमा हिउ पर्यो

२०७० मंसिर २९ गते, शनिबार


ताप्लेजुङ, २९ मंसिर । वर्षासँगै ताप्लेजुङमा हिमपात सुरु भएको छ । ताप्लेजुङको उत्तरी भेगका क्षेत्र ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला र फले लगायतका स्थानमा बाक्लो हिमपात भए पछि यहाँको जनजीवन प्रभावित वनेको छ ।स्थानियवासीहरुका अनुसार दुई फिट सम्म हिउँ जमेको छ भने पापुङ, खोक्लिङ लगायतका गाविसका उच्च भेगमा समेत हिमपात भएको छ ।
हिमपातकै कारण ति क्षेत्रका स्कुले बालबालिकालाई स्कुल आउन जान समस्या भएको छ भने प्रशिद्ध तिर्थस्थल पाथीभरा जाने तिर्थयात्रीहरु पनि प्रभावित भएका छन् ।हिमपात भएपछि चिसोका कारण विद्यार्थीहरुलाई समस्या परेको हो भने २ हजार ७ सय मिटरको उचाइमा रहेको माथिल्लो फेदीदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा सम्म नै हिउँले भरिएपछि तिर्थयात्री समेत प्रभावित बनेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु