ताप्लेजुङमा हावाहुरी
ताप्लेजुङ,३० मंसिर । ताप्लेजुङमा लगातारको हावाहुरीले नोक्सानी गर्न थालेपछि ताप्लेजुङबासी त्रसित बनेका छन् । गएराति २ बजेबाट आएको हावाहुरीले ताप्लेजुङको थुकिमा र नाल्बु गाविसका एक सयभन्दा बढी घरको छाना उडाउनुको साथै केही घर भत्काएको छ । थुकिमा गाविसमा मात्र ५० भन्दा बढी र नाल्बु गाविसमा ४० भन्दा बढी घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।लगातारको हावाहुरीको कारण स्थानीयबासिन्दा घर बाहिर निस्कन सकेका छैनन् । हावाहुरीको क्रम नरोकिएकाले क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।