उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन पाइने छैन । अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवै कार्यालयहरु बन्द गरिएको छ । आजबाट दैनिक उपभोग्य वस्तु खरिदका लागि विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइएको छ । सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । राष्ट्रिय महत्वका आयोजना र आवसीय सुविधा भएका बाहेक अन्य निर्माण कार्य पनि बन्द गरिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जेठ १७ गतेसम्म बन्द गरिएको छ । भारतमा भने हप्तामा दुई उडान कायम रहने छ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । कोरोना संक्रमण नरोकिएर अबस्था भयावह बन्दै गएपछि जारी निशेषाज्ञालार्ई निरन्तरता दिइएको हो ।