५ जुवाडे पक्राउ

२०७८ जेष्ठ २ गते, आईतवार


काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेली रहेको अबस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन् । पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार

नेप्से २.४० अंकले बढ्यो

२०८२ असार २२ गते, आईतवार

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार