आजवाट उधौँली सुरु

२०७० पुष २ गते, मंगलवार


काठमाडौं, २ पुस । किराँत समुदायको प्रमुख सांस्कृतिक चाड उधौँली आजबाट सुरु हुँदैछ । उधौँलीको अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ । सरकारले २०६५ सालदेखि उधौँली पर्वमा राष्ट्रिय विदा दिन थालेको हो । ललितपुरको हात्तीवनमा चारै किराँत समुदायका पूजारीले सामूहिक पुजाआजा गरेपछि यो पर्व सुरु हुन्छ ।किराँत समुदायमा मंशिरे पूर्णिमामा उधौँली र वैशाखे पूर्णिमामा उभौँली पर्व मनाउने गरिन्छ । उभौँली एक महिनासम्म र उधौँली १५ दिनसम्म मनाउने चलन रहीआएको छ । अन्नबाली लगाउनु अघि बालीनाली सप्रियोस भन्दै उभौ.ली र बाली पाकेपछि भित्र्याएर कुलपितृलाई चढाएर खुसियाली प्रकट गर्दै उधौँली पर्व मनाउने चलन किराँत समूदायमा रहिआएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु