देउवाद्वारा आम नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न माग

२०७८ जेष्ठ ६ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आम नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन । सभापति देउवाले आज प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै सो माग गरेका हुन् ।
सभापति देउवाले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । उनले खोपलगायतका स्वास्थ्य सामग्री खरिदमा देखिएका अनियमितता छानविन गर्न पनि प्रधानमन्त्री ओलीसँग माग गरेका छन ।
अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव हुँदसम्म राज्यले उचित व्यवस्थापन मिलाउन नसेको भन्दै कांग्रेसले सबैको उपचार गर्ने प्रबन्ध गर्न, नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि माग गरेको छ ।
सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, नेताहरु कृष्ण सिटौला, रामशरण महतलगायत सिंहदरबार पुगेका थिए ।

त्यसअघि कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेर प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]