प्यालेस्टिनी जनतामाथि भएको बर्बर आक्रमण निन्दनीय

२०७८ जेष्ठ ६ गते, बिहीबार

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले प्यालेस्टिनी जनतामाथि भएको बर्बर आक्रमणको घोर विरोध र भ्रत्साना गरेकाे छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो बिरोध जनाएका हुन्। अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा अमेरिकी साम्राज्यवादको समर्थन र सहयोगमा ११ दिनदेखि इजरायली अतिवादी सरकारले प्यालिस्टिनी जनतामाथि लगातार रुपमा गरेको सैनिक हमला र व्यापक जनधनको क्षति पुर्याएपछि विश्व मानव समुदायलाई स्तब्ध र आक्रोशित तुल्याएको उल्लेख गरिएको छ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको विज्ञप्तिकाे यस प्रकार रहेको छ -” ११ दिनदेखि अमेरिकी साम्राज्यवादको समर्थन र सहयोगमा इजरायली अतिवादी सरकारले प्यालिस्टिनी जनतामाथि लगातार रुपमा गरेको सैनिक हमला र व्यापक जनधनको क्षति पुर्याएपछि विश्व मानव समुदायलाई स्तब्ध र आक्रोशित तुल्याएको छ ।
प्यालेस्टिनी जनतामाथि भएको इजरायली सरकारको यस प्रकारको मानव संहारकारी बर्बर आक्रमणको विश्भर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कडा रुपमा घोर विरोध र भ्रत्साहना गर्दछ र यसप्रकारको मानवता विरोधी जघन्य सैनिक आक्रमण तुरुन्त बन्द गर्न इजरायली सरकारसंग अपिल गर्दछ ।
इजरायली सरकारको यसप्रकारको चरम फासीवादी चरित्रको हाम्रो हाम्रो संगठन घोर निन्दा र विरोध गर्दछ र स्वाभिमानी प्यालेस्टिनी जनताको सम्प्रभुता , राष्ट्रियता र राष्ट्रिय स्वाधीनता तथा अखण्डता तत्काल कायम गरियोस् भनी माग गर्दछ र उसले सञ्चालन गर्दै आएको मानवता विरुद्धको यसप्रकारको बर्बर आतंक रोक्नका लागि संयुक्तराष्ट्रसंघ,अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठन तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन हाम्रो संगठन हार्दिक अनुरोध गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]