देश ब्ल्याक होलमा !

प्रवासिएका गरीब नेपाली क्वारेन्टाइनमा छदै थिए !
सर्वसाधारण जनता आइसोलेसनमा सधै थिए !
मध्यम वर्गकाहरु हस्पिटलहरुमा भरिभराउ नै थिए !
जनताका लासका खातले मसानघाटहरु हाउसफुल थिए !
विचौलियाहरु यतिबेला पनि लूट्नमै व्यस्त नै थिए !
राज्यका हर्ताकर्ताहरु सधैं दासता र दलालीमै मस्त नै थिए !
अब त सरकार इमर्जेन्सीमा र मन्त्रीहरु रेस्पिरेसनमा गए !
संसद-सांसद पनि icu मा उपचाररत भए !
व्यवस्था पनि पहिलेदेखी नै ccu मा छदै थियो !
हुँदाहुँदा आज त देश नै भेण्टीलेटरमा पो गयो ।
लाग्छ, सूर्यचन्द्रको गुरुत्वले नतान्ने हो भने
अब त देश ब्ल्याक होलमा नै जाने निश्चित भो हो !?
अब त देश ब्ल्याक होलमा नै जाने निश्चित भो हो !?