अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा कोरोनाविरुद्ध जनचेतनामूलक अभियान

२०७८ जेष्ठ ८ गते, शनिबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) रूपन्देहीले कोरोनाविरुद्ध जनचेतनामूलक अभियानअन्तर्गत शुक्रबार जिल्लाका विभिन्न ठाउँमा मास्क, सेनिटाइजर र सङ्गठनले प्रकाशन गरेको २०७८ सालको भित्तेपात्रो वितरण गरेको छ । सङ्गठनले यसअघि पनि कोरोनाविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा सार्वजनिक स्थलमा जनस्वास्थ्यसम्बन्धी चेतनामूलक सन्देशको ब्यानर टाँस्ने र सामाजिक सञ्जालमार्फत एकै दिन जनस्वास्थ्यसम्बन्धी चेतनामूलक सन्देशहरू प्रसारण गर्ने काम गरेको थियो । अभियानलाई निरन्तर जारी रहने सङ्गठनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु