टेलिकमद्वारा स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल सुविधा !

२०७८ जेष्ठ १० गते, सोमबार


काठमाडौँ । नेपाल टेलिकमले कोरोना महामारीमाको समयमा फ्रन्टलाइनमा खटेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुलाई हौसला दिनको लागि ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ अन्तर्गत एक महिनासम्मका लागि नि:शुल्क भ्वाइस कलको सुविधा उपलब्ध गराउने भएको छ ।

स्वास्थ्यकर्मीलाई आफ्नै नाममा रहेका सिममा मात्रै यो सुविधा रहने टेलिकमले जनाएको छ । आफ्नो नाममा सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले आफू सदस्य रहेको संस्थाको सिफारिस उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।आफ्नो नाममा टेलिकमको सिम नरहेका स्वास्थ्यकर्मीले आफू सदस्य रहेको संस्थाको परिचय पत्रको आधारमा नयाँ सीमकार्ड तत्कालै लिन सक्ने पनि टेलिकमले जनाएको छ ।
पोस्टपेड र प्रिपेड सिमकार्ड प्रयोगकर्ता स्वास्थ्यकर्मीले एक महिनासम्म टेलिकमको नेटवर्कमा जुनसुकै समयमा कल गर्दा पनि शुल्क लाग्नै छैन । तर पोस्टपेड प्रयोगकर्तालाई नियम अनुसार मासिक रेन्टल चार्ज माभने लाग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु