यार्सा सङ्कलनमा रोक !

२०७८ जेष्ठ ११ गते, मंगलवार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यार्सा सङ्कलनमा रोक लगाएको छ ।यार्सा सङ्कलन खुला गर्दा कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाएको हो । रुकुम (पूर्व)सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए ।
कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न भन्दै यार्सा सङ्कलनमा रोक लगाइरहँदा यसबाट जिविकोपार्जन गर्दै आएकाको भने रोजिरोेटि खोसिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइँने गर्दछ । प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट शुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ ।

प्रतिक्रियाहरु

[anycomment]