नेकपा चितवनद्वारा टीकादेवी बरालप्रति श्रद्धाञ्जली

२०७८ जेष्ठ १२ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद बरालकी आमा टीकादेवी बरालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवाजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका चितवन जिल्ला इन्चार्ज सन्देश र सेक्रेटरी मीनप्रसाद सापकोटाले मङ्गलबार शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन् । शोक वक्तव्यमा जनाइएअनुसार टीकादेवी बरालको कोरोना सङ्क्रमणका कारण ७७ वर्षको उमेरमा जेठ ११ गते बिहान निधन भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]