सगरमाथामा हिमपात : आरोहीहरु फर्किए

२०७८ जेष्ठ १२ गते, बुधबार

काठमाडौं । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल झरेका छन् । आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले बताए । क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्या भएको गौतमले जानकारी दिए ।
यस्तै सगरमाथा आधार शिविरमै रहेका नेपाली सेनाको ‘सफा हिमाल २०२१’ अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले हिजैबाट सगरमाथा क्षेत्रको मौसम खराब भएको जानकारी दिए ।
कोभिड–१९ को सम्भावित असरबाट सावधनी अपनाउन एउटा टेन्टबाट अर्को टेन्ट जान निषेध भएको समेत उनले बताए । सफा हिमालको टोलीले पीपीई लगाएरै पनि काम गरेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]