अखिल (क्रान्तिकारी) द्वारा रक्तदान

२०७८ जेष्ठ १२ गते, बुधबार

काठमाडौँ । अखिल (क्रान्तिकारी) रूपन्देहीले एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीलगायतको सम्झनामा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विक, सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओली, जिल्ला उपाध्यक्ष पारस राहादी मगरलगायत विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता थियो ।


कोरोना महामारीको कठिन परिस्थितिबीच आयोजना गरिएको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्दै ब्लड बैङ्क बुटवलले सिर्जनात्मक तथा रचानात्मक कार्यक्रमका लागि शुभकामनासहित सङ्गठनप्रति धन्यवाद व्यक्त गरेको छ । रक्तदान कार्यक्रमलाई निरन्तरता दिने र जोकसैलाई पनि रगतको आवश्यकता परे सङ्गठनका जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने जानकारी सङ्गठनले दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु