खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नु !

२०७८ जेष्ठ १३ गते, बिहीबार

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा बनाउने भन्दै खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णयको विकल्प समेत सुझाएको छ । कार्यालयले अत्यावश्यक परेमा खाद्यान्न उपलब्ध गराउने निकाय भन्दै त्यसका लागि केही नम्बर उपलब्ध गराएको छ । शुक्रबारदेखिको एक हप्ताको निषेधाज्ञामा माछा–मासु, दूध, तरकारीलगायतका पसल मात्र बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेकामा सीडिओ कार्यालयको आलोचना भइरहेका बेला उसले विकल्प सुझाएको हो । जसअनुसार कतै खाद्यान्न अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्री गरिने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
प्रशासनले उपलब्ध गराएका नम्बरहरूः
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द– ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा– ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा– ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ– ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी– ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल– ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान– ९८४१३३२९९०, ९८१३२७२५६३

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु