नेकपा उदयपुरद्वारा स्वास्थ्य सामग्री बितरण

२०७८ जेष्ठ १४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले स्वास्थ्य सामग्री बितरणका साथै जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । सो पार्टीले उदयपुरगढी गाउँपालिकाको वडा नं. १ मा रहेका ३५ घरपरिवारका सदस्यलाई मास्क र सेनिटाइजर वितरण गरेको जनाएको छ । पार्टीका उदयपुर र ओखलढुङ्गा जिल्ला इन्चार्ज विवेक कुमालले दिएको जानकारीअनुसार कटारी नगरपालिका वडा नं. ४ मा ७५ परिवारलाई पनि मास्क र सेनिटाइजर वितरण गरिएको छ ।
कार्यक्रममा उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, स्थानीय नेताहरू लालबहादुर खत्री, पूर्णबहादुर कटुवाल, चन्द्रबहादुर बराल, मोहन मगरलगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु