कोरोना महामारीविरुद्ध जनसचेतना, जनसहयोग एवं हातेमालो अभियान जारी

२०७८ जेष्ठ १६ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अभियानकर्मीहरुको पहलमा कोरोना महामारीद्वारा सिर्जित मानवीय एवं स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै संचालन भइरहेको “कोरोना महामारी विरुद्धको जनसचेतना, जनसहयोग एवं हातेमालो”अभियान निरन्तर जारी रहेको जनाइएको छ। अभियान अन्तरगत जेष्ठ ११ गते ललितपुर जिल्लाको गोदावरी न.पा. वडा नम्बर ५, काभ्रेमा २० कृषक घरपरिवारलाई अभियन्ताहरुले स्वास्थ्य सुरक्षाका अत्यावश्यक सामाग्रीहरु जस्त: माक्स, सेनिटाइजर,ग्लोब्स वितरण गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता भिमसेन घिमिरे’बिपिन’को प्रमुख उपस्थितिमा संचालन भएको उक्त कार्यक्रममा नेकपा ललितपुरका नेता कुमाल सिल्वाल,बिकास महर्जन, सुरेस लामा,स्थानिय नेता यादव महत,लेले प्रहरी चौकीको प्रमुख असइ शिव श्रेष्ठ र वडा अध्यक्ष मिलन सिल्वालको उपस्थिति रहेको थियो भने कार्यक्रमको सह-आयोजक सस्था जिरे खुर्सानी कृषि सहकारी सस्था लि.को अध्यक्ष सरस्वती बन्जारा,कोषाध्यक्ष राजकुमार परियार र संस्थाको प्रतिनिधि सौरव बन्जाराको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा नेकपाका स्थानिय नेता यादव महतले कोरोना विरुद्धको संघर्षमा आफुहरु पार्टी केन्द्रीय नीति अनुरुप जनसेवा,जनसहयोगमा जुटिरहेको भनाइ राख्नु भयो भने वडा अध्यक्ष मिलन सिल्वालले यसप्रकारको मानवीय सहायता अभियान संचालन गर्ने नेकपा र अन्य संघ/ सस्थाहरुलाइ धन्यवाद दिदै कोरोनाबाट बच्न अपनाउनु पर्ने सतर्कताबारे आफ्नो भनाइ राखेका थिए ।


अभियान कै क्रममा जेष्ठ १३ गते गोदावरी नपा-१३ स्थित बज्रबाराहीमा १४ घरपरिवारलाई स्वास्थ्य सामाग्री वितरण गर्दै जनसचेतना प्रवाह गरिएको छ भने जेष्ठ १५ गते गोदावरी नपा- ७,देबिचौर, कटुवालमा करीब ३० घरपरिवार किसानहरुलाई एक कार्यक्रमको बीच नेकपा का नेता एवं अभियन्ता भिमसेन घिमिरे’ बिपिन’को प्रमुख आतिथ्यतामा माक्स, सेनिटाइजर वितरण गरिएको छ । अभियान सह-आयोजक जिरे खुर्सानी कृषी सहकारी संस्था लि.का अध्यक्ष सरस्वती बन्जाराको अध्यक्षता एवं सस्थाकै प्रतिनिधि सौरब बन्जाराको संचालकत्वमा भएको कार्यक्रमा नेकपा नेता बिपिन, गोदावरी -७ का वडा एवं स्थानिय नेपाली काङ्ग्रेसका नेता गिरि प्रसाद तिमल्सिना र सहकारीका कोषाध्यक्ष राजकुमार परियारले जनचेतनामुलक मन्तब्य राखेका थिए। भनाइ राख्ने क्रममा नेकपा नेता बिपिनले भने- “आफुहरुले पार्टीको नीतिअनुसार महामारीबाट आहत भइरहेका जनतालाई सक्दो सेवा गर्ने उदेश्यले यसखाले अभियान संचालन गरिरहेका छौं ।

पूजीवादी दलाल संसदीय ब्यबस्था र त्यस अन्तर्गतको सरकारले कोरोना नियन्त्रण एवं रोकथाम गर्न पूर्णतः असफल एवं अनुत्तरदायी भएको छ । कोरोना महामारीका कारण जनस्वास्थ्यमा भयाबह संकट पैदा भएको बेलामा समेत सरकार र संसदवादी पार्टीहरु कुर्चीको घृणित खेलमा रमाईरहेकोले जनतामा बितृष्णा पैदा भएको र अब यसखाले जनविरोधी ब्यबस्था र साशकहरुलाई फालेर जनमुखी ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गर्न अगाडी बढ्नुपर्ने वस्तुगत आवस्यकता पैदा भएको छ, सबैले यतापट्टिबाट सोचौं !”

प्रतिक्रियाहरु

[anycomment]