एमाले स्थायी कमिटीकाे बैठक स्थगित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आज साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो । बैठक भोलि बिहान १० बजे बस्ने भएको छ ।