६० देखि ६४ वर्षका लाई जेठ २५ देखि ‘भेरोसेल’ खोप लगाइने

२०७८ जेष्ठ १९ गते, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने जनाएको छ । मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।
चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप हिजो काठमाण्डौ आइपुगेको हो । एक लाख डोज आज आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनफिङले अनुदानमा खोप दिने घोषणा गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु