नेकपा दाङ प्रतीक्षालय निर्माणमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङका नेता–कार्यकर्ताहरू कोरोना विशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन् । पार्टीको लक्ष्य, योजना र समयभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्देशनअनुरूप पार्टी निकट जनवर्गीय सङ्गठन युवा सङ्गठन नेपाल, अखिल (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र जनपत्रकार सङ्गठन नेपालका नेता–कार्यकर्ताहरू प्रतीक्षालय निर्माणमा निरन्तर खटिरहेका छन् । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलकको नेतृत्वमा २५ जना नेता–कार्यकर्ता दैनिक श्रम गरिरहेको नेकपा दाङका सेक्रेटरी प्रदीपले बताए ।
