काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो !

२०७८ जेष्ठ २१ गते, शुक्रबार


काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो भएको छ । आजवाट खाद्यान्न पसल बिहान ९ बजेसम्म किराना पसल खुला गर्न पाइने छ । यस्तै काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् । वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खोलेर सेवा दिन पाउने छन् । अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् ।
बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ । डिर्पाटमेन्ट स्टोर पनि आजबाट विहानको समयमा खुल्ने छन् । तर, दुई मिटरको दूरी कायम अनिवार्य गर्नुपर्ने छ । आजबाट लागु भएको निषेधाज्ञा जेठ ३२ सम्म जारी रहनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु