नेकपा कपिलवस्तुद्वारा बाख्रापालन सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले विजयनगरमा बाख्रापालन सुरु गरेको छ । करिब पाँच कट्ठा जग्गामा १०० वटा उत्पादन क्षमताको फारम निर्माण गरी ५० वटा बोयर र पहाडी जातका बाख्राको पाल्न सुरु गरिएको जानकारी जनसेवकका हेमन्त थारूले दिए । यसको उत्पादन क्षमता करिब ५०० लक्ष्य राखिएको र केही महिनामै मासु बिक्री केन्द्र पनि स्थापना गरिने उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण सङ्गठनलाई उत्पादनमा जोड्ने नीति लिएपछि पार्टी समितिहरू उत्पादनमा लागेका हुन् । अन्यत्र पनि उत्पादनकार्य सुरु गरिएको बताइएको छ ।