काठमाडौँ महानगरद्वारा भेरोसेल खोप लगाउने कार्यतालिका सार्वजनिक

२०७८ जेष्ठ २४ गते, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चिनियाँ भेरोसेल खोप (पहिलाे डाेज) लगाउनेबारे कार्यतालिका सार्वजनिक गरेको छ ।खोपको सुरुआत भोलि (मंगलबार)बाट गरिनेछ । महानगरभित्रका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई ५ दिनसम्म उक्त खोप लगाइँने बताएको छ । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गतेदेखि २९ गतेसम्म खोप अभियान चल्नेछ । हरेक दिन फरक–फरक उमेर समूहका व्यक्तिलाई निश्चित स्थानहरुमा खोप दिइने जनाइएको छ ।
कार्यतालिका अनुसार २५ गते ६४ वर्ष उमेरका व्यक्तिलाई मात्रै खोप दिइनेछ । २६ गतेदेखि २९ गतेसम्म हरेक दिन क्रमशः ६३, ६२, ६१ र ६० वर्ष उमेरका व्यक्तिलाई खाेप लगाइने छ । हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा वा वडाले ताेकेकाे स्थानमा गएर खोप लगाउन सकिनेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ । तर यसअघि पहिलो खोप लगाएकालाई भने अहिले दोस्रो खोप लगाइने छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु