गोली प्रहार गरी लुटपाट !

काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ स्थित स्थानीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले गोली प्रहार गरी लुटपाट गरेकरेका छन । लुटपाट गर्ने क्रममा डाकाहरूले रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साह माथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका एसपी प्रकाश विष्टले जानकारी दिए।
गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ। एसपी विष्टका अनुसार डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाको तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।