भारतीय नागरिकलाई चीन भ्रमणका लागि अनुमति दिन अनुरोध

२०७८ जेष्ठ २८ गते, शुक्रबार


काठमाडौँ । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । आफ्नो मुलुकमा पनि चिनियाँ नागरिकहरुलाई प्रवेश दिन तयार रहेको समेत भारतले जनाएको छ । दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।
भारतको विदेश मन्त्रालयले चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ ।
चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । हिजो भारत समेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]