सरकारको प्रवक्तामा नैनकला थापा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिएको छ। थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ। थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन्। प्रधानमन्त्री ओलीले हिजो सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।