अखिल (क्रान्तिकारी) द्वारा माल्कोटमा आयोजित कोरोना नियन्त्रण शिविर सम्पन्न

२०७८ जेष्ठ २९ गते, शनिबार


काठमाडौँ । कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोट पुगेको अखिल (क्रान्तिकारी) केन्द्रिय समितको टोलीले माल्कोटमा कोरोना नियन्त्रण शिविर समापन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क को नेतृत्वमा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहितको टोली कालिकोटको माल्कोट पुगेर स्वास्थ्य शिबिर संचालन गरेका थिए । शिविरमा ३०० भन्दा बढी विरामीहरूलाई उपचार र औषधिको व्यवस्था गरिएको छ । ६७ जनाको एन्टिजिन परिक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएका लगायत अन्य ३०० भन्दा बढी कोरोनाका लक्षण भएका विरामीहरूलाई अक्सिजन सहितको उपचार र औषधिको व्यवस्था गरिएको छ । शिविर जेठ २७ र २८ गते संचालन भएको थियो।
कालिकोटको माल्कोट नेपाल कम्युनिस्ट पार्टी आधारक्षेत्र मानिन्छ।

प्रतिक्रियाहरु

[anycomment]