अखिल (क्रान्तिकारी) द्वारा कालिकोटको माल्कोटमा कोरोना नियन्त्रण शिविर : आमजनता हर्षित

काठमाडौँ । कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोट पुगेको अखिल (क्रान्तिकारी) केन्द्रिय समितको टोलीले माल्कोटमा कोरोना नियन्त्रण शिविर आयोजना गरेपछि आम जनताले खुशी व्यक्त गरेका छन ।

सरकार र संसदवादी दल र नेताहरु जनसेवा भन्दा पद र पैसाको खेलोमा लागेको समयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले दुर्गम क्षेत्र पुगेर कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि खटिनु आफैमा ऐतिहासिक कार्य भएको स्वास्थ्य सेवा लिन पुगेका स्थानीय जनताले बताएका छन । उनीहरुले सरकार र संसद्वादी दल र नेताहरुले दुर्गम क्षेत्रका जनतालाई उपेक्षा गरेपनि नेपाल कम्युनिस्ट पार्टीले सधै दुखमा साथ दिएको बताएका छन ।

कालिकोटको माल्कोट नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको जन्मथलो एबम् नेपाल कम्युनिस्ट पार्टीको आधार क्षेत्रसमेत मानिन्छ । जनयुद्ध कालमा निशस्त्र महिलाले सशस्त्र प्रहरीको राईफल खोसेर जनमुक्ति सेनालाई बुझाउने ऐतिहासिक गाउ कालीकोटको माल्कोट नेपाल कम्युनिस्ट पार्टी आधारक्षेत्र मानिन्छ । यहि गाउका जनता कोरोना महामारीवाट आतंकित बनेपछि नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहितको टोली लिएर कालिकोटको माल्कोट पुगेर स्वास्थ्य शिबिर संचालन गरेका थिए ।

शिविरमा ३०० भन्दा बढी विरामीहरूलाई उपचार र औषधिको व्यवस्था गरिएको छ । ६७ जनाको एन्टिजिन परिक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएका लगायत अन्य ३०० भन्दा बढी कोरोनाका लक्षण भएका विरामीहरूलाई अक्सिजन सहितको उपचार र औषधिको व्यवस्था गरिएको छ । शिविर जेठ २७ र २८ गते संचालन भएको थियो।
