नेकपा मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो पार्टीका केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्लाका जिल्ला इन्चार्ज नयन र पुर्व जिल्ला इन्चार्ज वाटरको नेतृत्वमा नेपाल पत्रकार महासंघ मकवानपुरलाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो । सो कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज नयनले देशको चौथो अङ्गको रुपमा स्थापित पत्रकार महासंघ अन्तर्गत रही काम गरिरहेका सम्पूर्ण पत्रकार मित्रहरु आजको युगमा दलाल संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी व्यवस्थाको अपरिहार्यता विषयमा स्पष्ट हुँदै दलाल राज्यसत्ताका मालिक प्रति नभई जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। अब नेपाली जनताले व्यक्ति छनोट गर्ने संसदिय व्यवस्थाको चुनावको विकल्पमा आफ्नो व्यवस्था चुन्ने जनमतसंग्रह चाहेको र यो कुरालाई स्पष्ट र निष्पक्ष ढङ्गले अगाडि सार्दै सम्बन्धित तह र तप्कासम्म पुर्याउनुपर्ने जिम्मेवारी बोध गर्न पत्रकारलाई आग्रह गरेका छन्।

नेपाल पत्रकार महसंघ मकवानपुरका अधयक्ष मणिराज गौतमले उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै नेपाल कम्युनिस्ट पार्टीका सहयोगी भावनाको कदर गरेका छन्। साथै दुःख र कष्टको जन्जिरले जेलिएका आम नेपाली जनताका आवश्यकताको मध्यनजर गर्दै जनपक्षीय सहयोगी हात फैलाउँदै प्रतिबन्धको बावजूद पनि आफ्नो स्पष्ट राजनीतिक भिजन सहितको कार्यदिशालाई यहाँसम्म ल्याइपुर्याएकोमा खुशी व्यक्त गरेका छन्। उनले कोरोना संक्रमणको समयमा नेपाल पत्रकार महासंघलाई आवश्यक पर्ने, जुन नेपाल सरकारले व्यवस्था गर्न नसकेको स्वास्थ्य सामग्री उपलब्ध गरिदिएकोमा नेकपा मकवानपुरलाई धन्यवाद सहित दिनुका साथै आगामी दिनहरुमा पनि यस्तै खाले सहयोगी हात बढाउँदै जनताको मन जित्दै आफ्नो लक्षसम्म पुग्न शुभकामना समेत दिएका छन्।
कार्यक्रमकै बिचमा अबका दिनदेखि नेपाल कम्युनिस्ट पार्टी जनताका सुख दुःखमा साथ दिँदै नयाँ ढङ्गले अगाडि बढ्ने र यस कार्यप्रति पत्रकारहरु स्पष्ट भई वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यमा जुट्न आह्वान समेत गरेका छन्।