१७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट !

२०७८ असार २ गते, बुधबार


काठमाडौँ । नेप्से सूचक ५२.४१ अंकले घटेर २९६९.६९ को बिन्दुमा पुगेको छ भने १७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।आज १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । आज माइक्रोफाइनान्स समुह बाहेक सबैको समूहगत सुचक घटेकोे छ । अधिकांश हाइड्रोपावर कम्पनीहरुको भाउ सर्किट लाग्ने तहसम्म घटेका छन् । फाइनान्स कम्पनीहरु पनि बेस्सरी प्रभावित भएका छन् । पछिल्ला दिनहरुमा बेस्सरी बढेको समूहहरु हाइड्रोपावर, फाइनान्स र विकास बैंकहरु रहेका थिए । आज फाइनान्स समूहको सूचक सर्वाधिक बढी ६.८ प्रतिशत घटेको छ भने हाइड्रोपावर समूहको ४.७५ प्रतिशतले घटेको छ । यस दिन १५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु