नेकपाद्वारा सहिदहरूका सपना पूरा गर्ने प्रतिबद्धता

२०७८ असार ६ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले राज्यद्वारा सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै कथित मुडभेडको नाममा हत्या गरिएका सहिद कुमार पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाको केन्द्रीय कार्यालय सचिव असलले बिज्ञप्ति जारी गर्दै उक्त घटनामा राज्यले कथित मुुडभेडको नाममा हत्या गरेको कुुरा राष्ट्रिय मानव अधिकार आयोगले समेत ठहर गरी घटनामा सङ्लग्न केडि शाह लगायतलाई निलम्बन गरिसकेको कुरा प्रष्ट हुँदाहुँदै पनि आफ्नो पार्टीका नेतामाथि अकल्पनीय आरोप लागेको भन्दै उक्त कुरा आपत्तिपूर्ण भएको बताएका छन् ।
असलद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘राज्यले कथित मुुडभेडको नाममा हत्या गरेको कुुरा राष्ट्रिय मानव अधिकारले समेत ठहर गरी घटनामा संलग्न केडि शाह लगायतलाई निलम्वन गरिसकेको छ । स्थिति यत्ति प्रष्ट हुँदाहुँदै पार्टीको जिम्मेवारीमा इमान्दारीतापूर्वक खटिरहनुु भएका केन्द्रीय सदस्य क. सन्देश पौडेलप्रति सहिदका दिदी लक्ष्मी पौडेल र भाई हरिकृष्ण पौडेलले अकल्पनीय आरोप लगाएर प्रचार गर्नु आपत्तिपूर्ण छ । उपयुुक्त समयमा केन्द्रीय कार्यालयले छलफल गर्ने जानकारी गराइसकेको छ । यसप्रति सहिद परिवार सचेत हुुन् र गम्भीर बन्न हाम्रो पार्टी आग्रह गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]