जगदम्बा स्टिल कारखानामा आगलागी

२०७८ असार ६ गते, आईतवार

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा अगलागी भएको छ । आगलागीवाट भारतको विहार राज्यको पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको छ । आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए । अन्य चार जना घाइते भएका छन् । कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको बताईएको छ । विद्युत् सर्ट हुँदा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट हुँदा भिषण आगलागि भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]