अखिल (क्रान्तिकारी)ललितपुर द्वारा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ । अखिल (क्रान्तिकारी) ललितपुरले खाद्यान्न राहत एवम् स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ललितपुरका अध्यक्ष अग्रिमले मदन स्मारक मा.वि., पुल्चोकका प्रधानाध्यापक गोविन्द पौडेललाई खाद्यान्य राहत एवम् स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा नेकपा ललितपुर जिल्ला सेक्रेटरी तथा मदन स्मारक मा.वि.का व्यवस्थापन कमिटीका अध्यक्ष रमेश डङ्गोल, विद्यार्थी जिल्ला उपाध्यक्ष निगम, सचिव मानबहादुर र पसन संयुक्त क्याम्पसका विद्यार्थी नेता युनिक सुनारको पनि सहभागिता रहेको थियो ।

खाद्यान्न राहत तथा वितरण मुख्य तथा स्कूलका समस्याग्रस्त एवम् जेहेन्दार विद्यार्थीहरूलाई अहिलेको कोरोना महामारी महाविपत्तिको समयमा समस्यालाई मध्यनजर गरि प्रदान गरिएको बताइएको छ ।