तेस्रो लिङ्गीलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । इलामको देउमाई नगरपालिकाले तेस्रो लिङ्गीलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ । नगरपालिकाकी उप्रप्रमुख पबीमाया राईले तेस्रो लिङ्गीलाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन बजेट व्यवस्था गरिएको बताइन । त्यस्तै पालिकाले ४५ वर्ष उमेर पूरा भएका अविवाहित महिलालाई समेत मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको हो । मध्यम अपाङ्गता (पहेलो कार्ड) भएका व्यक्तिलाई समेत मासिक पाँच सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा १ सय ४१ जना त्यस्ता अपाङ्गता भएको व्यक्ति रहेको नगरपालिकाले जनाएको छ ।