निषेधाज्ञा केही खुकुलो :व्यावसायिक क्षेत्र चलायमान

२०७८ असार ८ गते, मंगलवार


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।
आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् । जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन बिजोर गतेको दिन चलाउनुपर्ने छ । भने ट्याक्सी सेवा पनि सुरु हुनुको साथै व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् ।
निषेधाज्ञा खुकुलो भएपछि काठमाडौं उपत्यकामा बिहानैदेखि कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ । यसैगरी डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिˆटका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
सुन पसल, भाँडा पसल, विद्युतीय सामग्री, घरायसी सामग्री, अटोमोबाइल, शोरुम, अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।
खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स -ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
निर्माणजन्य सामग्रीका पसल (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु